काठमाडौं । धादिङको धुनीबेशी नगरपालिका-४ का वडाध्यक्ष र सचिवसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीहरूविरुद्ध १२ मंसिरमा पक्राउ पुर्जी जारी भएको जिल्ला अदालत धादिङका सूचना अधिकारी ध्रुवप्रसाद सुवेदीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय धादिङको अनुरोधमा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको उनले बताए । पक्राउ पुर्जी जारी हुनेहरूमा वडाध्यक्ष हरिप्रसाद सुवेदी,…