काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट सङ्घ (क्यान) को बाग्मती प्रदेश अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । आज शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पारसले आफूले बाग्मती प्रदेशको अध्यक्षमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन् । बाग्मतीको चुनाव यही भदौ १५ गते हुँदैछ । यसैबीच बाग्मती प्रदेशका सदस्यता मान्यता प्राप्त जिल्ला काठमाडौं,…