बञ्चरेडाँडामा फोहोर फाल्न स्थानीयद्वारा अवरोध

काठमाडौँ । ककनी गाउँपालिका र धुनीबेसी नगरपालिका स्थानीयले बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जनमा अवरोध सृजना गरेका छन् । संघीय सरकार र काठमाडौं महानगरपालिकाले स्थानीयको माग सम्बोधन गर्न चासो नदेखाएको जनाउँदै स्थानीयहरूले सोमबार(आज) बिहानै देखि फोहोर फाल्न अवरोध खडा गरेका हुन् । स्थानीयले बिहानैदेखि ककनी र धुनीबेसीको सिमानामा अवरोध गरेपछि काठमाडौँबाट फोहोर बोकेर गएका कन्टेनर बीच…