काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेशमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । पदाधिकारीसहित सबै पदका लागि निर्वाचन प्रक्रिया प्रारम्भ भएको निर्वाचन समितिले जनाएको छ । पटक पटक निर्वाचन कार्य तालिका फेरबदलपछि मध्यान्ह १२ बजेबाट मतदान सुरु भएको हो । अध्यक्ष पदका लागि रामेछापका कैलाश ढुङ्गेल र मकवानपुरका कृष्णप्रसाद दाहाल प्रतिस्पर्धामा छन् ।…