गोरखा । चुमनुब्री गाउँपालिका–७ छेकम्पारका बासिन्दा यार्सागुम्बा टिप्न लेकतिर जान थालेका छन् । मौसम सुरु हुने बित्तिकै छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न छेके र बाजुको लेकतिर जान थालेका स्थानीय छिरिङफुञ्जो लामाले जानकारी दिए । ‘कतिपय हिँडिसके, कतिपय जाने तयारीमा छन्’, उनले भने, ‘मौसम बिग्रिएर दुःख दिइरहेको छ ।’ चुमनुब्री–१ सामागाउँ र वडा नं ७ छेकम्पारका लेकमा…