गण्डकी प्रदेशमा सार्वजनिक गाडी बन्द हुँदा आवतजावतमा कठिनाइ

कास्की । गण्डकी प्रदेश सरकारले जारीको गरेको ‘राइड सेयरिङ र सेल्फ ड्राइभ’ सेवालाई कानूनी रूपमा स्वीकृति दिने नियमन तथा व्यवस्थापनसम्बन्धी नियमावली खारेज गनुपर्ने मागसहित गरिएको सार्वजनिक गाडी बन्दका कारण आज सर्वसाधारणको आवतजावतमा कठिनाइ भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा गण्डकीका गाडी व्यवसायीले नियमावलीको विरोधमा आजदेखि सार्वजनिक यातायात सेवा बन्द गरेका हुन् ।…