बाढीले पुल बगाउँदा अवरुद्ध बनेको बेंसीसहर–चामे सडक अझै खुलेन

लमजुङ । बाढीले पुल बगाउँदा अवरुद्ध बनेको बेँसीसहर–चामे सडक २ हप्तादेखि खुल्न सकेको छैन । अविरल वर्षासँगै आएको बाढीले मनाङस्थित चामे गाउँपालिका–१ स्थित तिमाङखोलाले काठेपुल तथा तिमाङ ठूलो छहराको पक्की मोटरेवल पुल गत असार १८ गते बगाएपछि आवागन रोकिन पुगेको थियो । सो सडक अन्तर्गत सानो छहराको पुलमा ढुंगा र ग्रेग्र्यान थुप्रिएर क्षति पुर्‍याएको सडक…