काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गगठन गरेका छन् । उनले एकीकृत समाजवादी पार्टी त्यागेर स्वतन्त्र हैसियतमा रहेका दीपक मनाङेलाई समेटेर मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् । मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसैगरी कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयकाे पनि जिम्मेवारी थपिएको छ…