पोखरा । संघमा सत्ता परिवर्तन भएसँगै त्यसको पहिलो असर गण्डकी प्रदेशमा देखिएको छ । गण्डकीमा माओवादी केन्द्रका दुई मन्त्री बर्खास्त भएका छन् । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई पदबाट हटाएका हुन् । मुख्यमन्त्री पाण्डेले सिम्खडालाई गत बैशाख १५ र…