लेखनाथ (कास्की) । पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासिनी मन्दिरमा नेपालीको महान चाड बडादसैँको अवसर पारेर नवदुर्गा महोत्सव सुरु भएको छ । विभिन्न जातिका वेशभूषा र सांस्कृतिक झाँकीसहित पोखरामा शोभायात्रा निकालेर आज घटस्थापनाको दिनदेखि कात्तिक ६ गतेसम्म नवदुर्गा महोत्सव आयोजना गरिएको हो । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सदस्यसचिव तीर्थ श्रेष्ठका अनुसार यही असोज २८ देखि कात्तिक…