कांग्रेस प्रदेश अधिवेशन : गण्डकीमा देउवा प्यानल एक ठाउँ, पौडेल पक्ष तितरबितर

पोखरा, १४ मंसिर । नेपाली कांग्रेस १४ औं महाधिवेशनअन्तर्गत प्रदेश अधिवेशनको चरणमा पुगेको छ । जिल्लाका नतिजाहरू आएपछि बिहीबारदेखि प्रदेश अधिवेशन सुरू हुँदै छ । गण्डकीको नवलपुरबाहेक सबै जिल्लामा अधिवेशन सकिएको छ । गण्डकीका ११ जिल्लामध्ये ७ जिल्लामा सभापति शेरबहादुर देउवानिकट नेताहरू सभापति बनेका छन् भने गोरखामा गगन थापा र बागलुङमा कृष्ण सिटौलानिकटका सभापति निर्वाचित…