कांग्रेस कास्कीको सभापतिमा बराल विजयी

पोखरा, १२ मंसिर । नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल निर्वाचित भएका छन् । शनिबार राती सम्पन्न मतगणनाबाट बराल ८० मतको फरकले वियजी भएका हुन् । उनले ९९५ मत पाउँदा उनका निकटतम प्रतिश्पर्धी सुदिपमोहन भट्टराईले ९१५ मत ल्याए । दोश्रो चरणको मतदानमा शनिबार १ हजार ९ सय २६ मत खसेको थियो । कांग्रेसको विधान अनुसार…