गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले आमाको नामबाट पनि नागरिकता वितरण सुरु गरेको छ । भिमसेन थापा गाउँपालिका १ का मन्जित बानियाँलाई आमाको नामबाट बशंज नागरिकता प्रदान गरी गोरखामा आमाको नामबाट नागरिकता वितरणको क्रम सुरुवात गरिएको हो । नेपाल सरकारले नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० जारी गरेलगत्तै गृह मन्त्रालयको परिपत्र अनुसार आमाको नामबाट पनि…