पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लोकप्रियतावादले देशको विकास हुन नसक्ने बताएका छन् । एमाले प्रथम गण्डकी अधिवेशनमा उनले लोकप्रियतावामा टेकेर राष्ट्रिय स्वतन्त्र पार्टीले युवाहरुलाई भ्रम छरिरहेको आरोप लगाए । ‘अहिले धेरै राजनीतिमा भ्रम सिर्जना भइराखेका छन् । हाम्रा बाबुनानीहरु फेसबुक हेर्छन्, टिकटक हेर्छन् र भ्रममा पर्छन्,’ गुरुङले भने, ‘राजनीतिमा एउटा कुन्चैं चटकेवालहरु चलिराखेका…