निसीखोला गाउँपालिका अध्यक्षमाथि लागूऔषधसम्बन्धी कसुर ठहर

ढोरपाटन । बागलुङको निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमाथि लागेको लागुऔषध गाँजा/चरेससम्बन्धी कसुर ठहर भएको छ । निसीखोला गाउँपालिका–६ का तत्कालीन वडाध्यक्ष हुँदा विसं २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका घर्तीमाथि लागेको कसुर ठहर भएको हो । जिल्ला अदालत बागलुङका न्यायाधीश दिवाकर भट्टको इजलासले घर्तीमाथि लागेको कसुर ठहर गर्दै सजाय निर्धारणका…