पाेखरा । गण्डकी प्रदेशका भाैतिक पूर्वाधार विकास मन्त्री कुमार खड्कालाई बर्खास्त गरिएकाे छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेलले उनलाई मन्त्रीबाट हटाएका हुन् । खड्काकाे जिम्मेवारी आफूसँग राखेर मुख्यमन्त्री पाेखरेलले मन्त्रिपरिषद पुनर्गठन गरेकाे निर्णय प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई पठाएका छन् । खड्काले आसन्न निर्वाचनमा पार्टीकाे आधिकारिक उम्मेदवार विन्दुकुमार थापालाई हराउन भूमिका खेलेकाे आराेप छ । दुई साताअघि पनि गठबन्धन दलकै मन्त्री…