बारपाक–लाप्राक सडकखण्डको काम समयमै नसकिँदा स्थानीयलाई सास्ती

गोरखा । ठेक्का लागेको बारपाक–लाप्राक सडकखण्डको काम समयमै नसकिँदा स्थानीयले सास्ती व्यहोर्न बाध्य छन् । बारपाकदेखि गुप्सीपाखास्थित लाप्राक नयाँ बस्तीसम्मको १३.१४ किलोमिटर सडक स्तरोन्नतिका लागि २०७७ जेठ ९ मा ठेक्का लागेको थियो । गत जेठ २२ भित्र निर्माण सक्ने गरी ठेक्का लागेको सडकको हालसम्म ४८ प्रतिशत भौतिक र ४२ प्रतिशत वित्तीय प्रगति छ । समयमै…