काठमाडौं । सरकारले भूकम्प पीडितका लागि अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापतको एक अर्ब ४१ करोड रुपैयाँ निकासा गरेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सरकारी निर्णयका आधारमा जाजरकोट, रुकुम पश्चिम, बझाङ, बाजुरा र सल्यान जिल्लाका लागि याे रकम निकासा गरिएको हो । त्यसमध्ये सबैभन्दा बढी जाजरकोट र रुकुम…