जाजरकोट भूकम्पका लाभग्राही ५९ हजार कायम

काठमाडौं । जाजरकोट भूकम्पका लाभग्राही ५९ हजार एक सय ६२ कायम गरिएको छ । भूकम्पबाट प्रभावित पाँच जिल्लाका स्थानीय तहले सो सङ्ख्यामा लाभग्राही कायम गरेका हुन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काका अनुसार सुरुवातमा २८ हजार लाभग्राही कायम गरिएका थिए । उनका अनुसार दोस्रोपटक चार हजार लाभग्राही थपिएका थिए ।…