हुम्लामा ‘स्काभेटर’ दुर्घटना हुँदा २ जनाको मृत्यु

हुम्ला । हुम्लाको दक्षिण भेगस्थित चङ्खेली गाउँपालिकामा आइतबार राती स्काभेटर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा चङ्खेली गाउँपालिका–२ का ४५ वर्षीय परबल कामी र स्काभेटर चालक सोही वडाका ३१ वर्षीय अर्जुन कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिए । उनीहरु दुवैजनाको उपचारको क्रममा मृत्यु भएको…