जुम्ला । जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थायी रूपमा कार्यरत ५८ जना शिक्षक तथा कर्मचारीको स्तरवृद्धि र नियमावलीअनुसारको तलब भत्ता नपाएको विषयलाई लिएर भइरहेको आन्दोलन स्थगित भएको छ । उपकुलपतिबाट माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता प्राप्त भएपछि हिजोदेखि आन्दोलनका सबै कार्यक्रम स्थगन गरेको आन्दोलनरत शिक्षक तथा कर्मचारीले बताएका छन् । प्रतिष्ठानका शिक्षक र कर्मचारीको…