विराटनगर । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू छैटौं अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न सिफारिश गरेको छ । बैठकले प्रदेश प्रमुखसमक्ष चालू अधिवेशन अन्त्यका लागि सिफारिश गर्ने निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए । बैठकले ‘कोशी प्रदेश जनस्वास्थ्य नियमावली २०८१’ लाई स्वीकृति गर्ने निर्णय गरेको…