हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापा । ३० वर्षअघि थोत्रे टिन ठटाउँदै आगोको पुल्ठो बालेर जङ्गली हात्तीलाई लखेटेका त्रासद रातहरु बाहुनडाँगीका नीलकण्ठ तिवारीले अझै बिर्सिएका छैनन् । उसबेला गाउँका बासिन्दाका लागि हात्ती धपाउने योभन्दा अर्को उपाय नै थिएन । ‘भारततिरबाट हुल बाँधेर हात्ती गाउँ पसेपछि कुकुर भुक्न थाल्थे,’ तत्कालीन बाहुनडाँगी गाउँ विकास समितिका अध्यक्ष समेत रहेका भएको तिवारीले सुनाए, ‘हामी…