मोरङ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि कोशी प्रदेशको क्रिकेट टोली घोषणा गरिएको छ । उक्त प्रतियोगिताका लागि सुजन थपलियाको कप्तानीमा टोलीको घोषणा गरिएको कोशी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सर्वजीतराज पाण्डेले जानकारी दिनुभयो । विराटनगर–६ स्थित मेरिलेवन ज्वाला क्रिकेट रङ्गशालामा हिजो सम्पन्न खेलमा खेलाडी छनोट गरिएको थियो । खेलाडी छनोट प्रतियोगितामा इलाम, झापा, मोरङ, सुनसरी…