काठमाडौं । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका-७ स्थित श्री स्वर्णान्तराल आधारभूत विद्यालय, टोक्सेलको विद्यालय भवन निर्माणको शिलान्यास हिजो सोमबार अनलाइन समारोह मार्फत गरिएको छ। श्री स्वर्णान्तराल आधारभूत विद्यालयको विद्यालय भवन भारत सरकारको आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) को रूपमा निर्माण भइरहेको छ। भारत सरकारको अनुदानबाट कक्षाकोठा र छात्र तथा छात्राहरूको लागि शौचालय सहितको साढे…