ओखलढुंगा कांग्रेसले रामहरि खतिवडालाई गर्‍यो उम्मेदवार सिफारिस

ओखलढुंगा। नेपाली कांग्रेस ओखलढुंगाले प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फका उम्मेदवारका लागि निर्वतमान सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडालाई सिफारिस गरेको छ। मंसिर २३ र २४ गते बसेको जिल्ला कार्यसमिति बैठकले सर्वसम्मतरूपमा खतिवडाको नाम सिफारिस गरेको हो। उनीसँगै प्रत्यक्षतर्फ अन्य पाँच जनाको नाम पनि सिफारिस गरिएको छ। जिल्ला कार्यसमिति बैठकले प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रिय…