सुनसरीका केही स्थानमा आज पनि १० बजेसम्म कर्फ्यु यथावत

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका, इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोसी गाउँपालिकामा कर्फ्यु आदेश जारी गरेपछि त्यस क्षेत्रमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । कर्फ्यु आज विहान १० बजे सम्मका लागि यथावत रहेको छ । अवस्था हेरी पुनः समय सिमा तोकिने जिल्ला प्रशासन कार्यालय सुनसरीले जानकारी दिएको छ…