फिदिम । पाँचथरको फिदिम नगरपालिका–२ ओदिनमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथर का अनुसार मङ्गलबार स्थानीय ३७ वर्षीया हर्कमाया राईले घर नजिकैको बारीबाट जंगली च्याउ टिपेर पकाएर खानासँगै खाएपछि परिवारका सबै सदस्य बिरामी परेका हुन्। बेलुका करिब ५ बजेदेखि वाकवाकी लाग्ने र पेट दुख्ने लक्षण देखिएपछि उनीहरूलाई…