सुनसरी । सुनसरीमा बर्डफ्लु संक्रमण फैलिँदै जाँदा ८ वटा कृषि फार्म प्रभावित भएका छन् । संक्रमण फैलिएसँगै नियन्त्रणका लागि कुखुरा, अण्डा र दाना नष्ट गर्ने अभियान तीव्र पारिएको छ । इटहरी उपमहानगरपालिकाका ६ वटा तथा दुहबी नगरपालिका र गढी गाउँपालिका का एक–एक फार्ममा बर्डफ्लु पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवाले जनाएको…