अर्को सरकार नबनुन्जेल मुख्यमन्त्री तोकिए कार्की

विराटनगर । कोशी प्रदेश सभाबाट विश्वासको मत प्राप्त नसकेपछि पदमुक्त भएका मुख्यमन्त्री हिक्मतकुमार कार्की अर्को सरकार नबनुन्जेलसम्मका लागि कार्यसञ्चालन गर्ने गरी मुख्यमन्त्री तोकिएका छन् । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मिति २०७९/९/२४ गते मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री कार्की नेतृत्वको सरकारले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेकोले…