कोशी प्रदेशसभा बैठक १४ असारमा बोलाइयो

विराटनगर । कोशी प्रदेशसभाको बैठक १४ असारमा बोलाइएको छ । प्रदेश मन्त्रिपरिषदको आइतबार बसेको बैठकले १४ असारमा प्रदेशसभाको बैठक बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । प्रदेश प्रमुखको कार्यालयले सोमबार एक विज्ञप्ति जारी गरी प्रदेश प्रमुख परशुराम खापुङले असार १४ गते दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गरेको जानकारी दिएको छ ।…