ताप्लेजुङ । बुधबार बेलुकादेखिको वर्षा र काबेली नदीमा आएको बाढीले ताप्लेजुङको सिरिजंगा गाउँपालिका-८ याम्फुदिनको थुङगिम बस्ती जोखिममा परेको छ । काबेली नदीमा आएको बाढीले जगतबहादुर राईको घर पुरेको छ भने कञ्चनजंघा माध्यमिक विद्यालय, याम्फुदिन प्रहरी चौकी, कञ्चनजंघा संरक्षण क्षेत्र, स्वास्थ्य चौकिको भवन जोखिममा परेका छन् । विद्यालय र प्रहरी चौकी नजिकै खोलाले कटान गरिरहेकोले बिहानदेखि…