तराईमा दाउराको विकल्पमा गुइँठा बालिन्छ । दाउराको श्रोत वन जंगल मासिँदै गएपछि विकल्पको रुपमा गुइँठा बाल्न थालिएको हो । गुइँठा पशु मलमुत्रबाट बनाइन्छ, पशु मलमुत्रलाई ज्वलनशील बनाएपछि गुइँठा बन्छ । प्रस्तुत तस्बिर सुनसरी जिल्लाको भोक्रा नरसिंह गाउँपालिकामा रहेको नरसिंह गाउँको हो । यो यादव बस्ती इन्धनको रुपमा गुइँठा बाल्छ, जहाँ अधिकांश मानिस साकाहारी छन् ।…