सुन्तला बिक्री गर्ने तयारीमा गुल्मीका किसान

तम्घास । गुल्मीको धुर्कोट गाउँपालिका–२ पिपलधाराका विष्णुप्रसाद खनालको सुन्तला खेती पुख्र्यौली पेसा हो । उनको अहिले २९ रोपनी बारीमा सुन्तला बगैँचा छ । कूल एक हजार चार सय सुन्तलाका बिरुवामध्ये आठ सयले उत्पादन दिइरहेका छन् । बाँकी छ सय बिरुवाले अर्को वर्षबाट क्रशमः उत्पादन दिनेछन् । गतवर्ष उनले २६ टन सुन्तलाबाट रु १३ लाख आम्दानी…