पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको पाल्हिनन्दनबाट घुस लिँदालिँदै दुई जना पक्राऊ परेका छन् । पाल्हीनन्दन गाउँपालिका-५ बाट घुस लिँदालिँदै विद्यालयका लेखापाल र संचालक समितिका सदस्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको हो । पाल्हीनन्दन-५ स्थित राजनारायण माध्यमिक विद्यालयका सहायक लेखापाल सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्रप्रसाद कहारलाई बुधबार घुस रकमसहित पक्राउ गरिएको हो…