परासी । बुधबारदेखि परेको अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो खसेपछि पूर्वी नवलपरासीको पहाडी क्षेत्रका बुलिङटार र बौदिकाली गाउँपालिका सडक सम्पर्कबाट विच्छेद भएका छन् । लगातार परेको पानीले पहाडी क्षेत्र जाने मुख्य सडकको दलदले–कुमसोत–पोखरी खण्डको पाङ्ग्रेमा बुधबार बिहान पहिरो खसेपछि दलदले हुँदै पहाडी क्षेत्रका बुलिङटार र बौदिकाली जाने यातायातका साधन दलदलेमै रोकिएका छन् । यसैगरी पहाडी…