काठमाडौं । अभिनेता पल शाहलाई नवलपुर जिल्ला अदालतले साढे दुई वर्ष जेल सजाय गरेको छ । बाल यौन दुरुपयोगको कसुरमा फैसला गरेका शाहलाई साढे दुई वर्ष जेल सजाय तोकेको हो । त्यस्तै शाहसँग १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि अदालतले आदेश दिएको छ । मंगलबार न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बहसपछि उक्त फैसला गरेका हुन् ।…