अर्घाखाँची । नेपाली मोटिभेसन क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल मोटिभेश्नल स्पिकर केपी भुसाल भारतमा सम्मानित भएका छन् । भारतको हैदरावादमा सम्पन्न आर्टिफिसियल इन्टेलिजेन्स फर सस्टनेवल डेभ्लपमेन्ट नामक अन्तर्राष्ट्रिय सम्मेलनमा भुसाल दिगो विकास दूतका रूपमा सम्मानित भएका हुन् । भारत सरकारको सूक्ष्म, लघु तथा मध्यम उद्यम मन्त्रालय र बहुउद्देश्यीय सचेतना केन्द्रको संयुक्त आयोजनामा होटेल ताजमहलमा सम्पन्न…