महोत्तरी । रातु नदी उत्त्खननको बिषयलाई लिएर राजनीति दलहरुले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । पर्यावरणलाई नै असर पार्ने गरी मापदण्डविपरीत बर्दिवासस्थित रातु खोलाको विभिन्न खण्डमा अवैध उत्त्खनन भएको भन्दै बिहीबार दलहरुले सयुक्त रुपमा मुद्दा दर्ता गरेका हुन् । वातावरणमा प्रतिकुल असर पार्नेगरी आईई रिपोर्ट बनाएको, मापदण्डविपरीत नदिजन्य पदार्थ उत्त्खनन गरेको, स्थानीय सरकारले नै अवैध दोहनमा पक्षपोषण गरेको…