सप्तरीमा प्रहरीले गोली चलायो, एकको मृत्यु

सप्तरी । सप्तरीमा प्रहरीले तस्कर समूहमाथि गोली चलाएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्र राजगढ गाउँपालिका–२ कमलपुरमा गएराति करिब साढे १० बजेतिर प्रहरीले गोली चलाएको हो । सप्तरीका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालका अनुसार तस्कर समूहले प्रहरी टोलीमाथि आक्रमण गरेपछि प्रतिकारमा गोली चलाइएको हो । रिसालका अनुसार गोली लागी एक जनाको मृत्यु भएको छ । मृत्यु…