वीरगञ्जमा छठ पर्वलक्षित विशेष सुरक्षा योजना बनाइने

पर्सा । जिल्ला प्रशासन कार्यालयले छठपर्वमा सम्भावित जोखिमलाई विचार गर्दै विशेष शान्ति सुरक्षा योजना बनाउने भएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्ला सुरक्षा समितिको बैठक बसेर छठपर्वका लागि आवश्यक सुरक्षा रणनीतिसहित योजना बनाइने बताए । ‘छठपर्वमा विशेष सुरक्षा प्रबन्ध मिलाउनेछौँ,’ उनले भने, ‘विगतका छठपर्वका जोखिमका विषय के–के हुन्, ती विषयलाई सम्बोधन गर्ने गरी…