जनकपुर । धनुषामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ । जनकपुरबाट ढल्केवर जाँदै गरेको प्रदेश २–०२–००२ प४०९२ नम्बरको मोरसाईकल लक्ष्मीनिया गाउँपालिका–४ स्थित सपहीमा शुक्रबार बिहान दुर्घटना भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा कमला नगरपालिका–८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका–१ का ३० वर्षीय जयकुमार सहनी छन् ।…