दाङ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका किरण ठगुन्नाले एकै सिजनमा दुई शतक बनाउने कीर्तिमान बराबरी गरेका छन् । किरणले गएको संस्करणमा दुई शतक प्रहार गरेका त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारी र सन् २०२२ मा दुई शतक प्रहार गरेका नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्रसिंह ऐरीको कीर्तिमान बराबरी गरेका हुन् ।…