कञ्चनपुरको शुक्लाफाँटाका सबै वडामा माटोको नमूना परीक्षण

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा माटो सुहाउँदो बालीका लागि सम्भाव्यता अध्ययन अगाडि बढाइएको छ । नगरपालिकाको कृषि विकास शाखाले खाद्यान्न, तरकारी, उखु, फलफूल, मौरीपालन, बगरखेतीलगायतका लागि सम्भाव्यता अध्ययन गरेको हो । कुन माटोमा कुन बाली फस्टाउन सक्छ भनेर सबै वडामा अध्ययन गरेको कृषि विकास शाखाका प्रमुख करन सिंह बुढाऐरले बताए । त्यही अनुसार कार्यक्रम तयार…