बझाङ प्रदेशसभामा एमालेका दमन भण्डारी विजयी

बझाङ । बझाङ प्रदेशसभा १ 'क'मा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् । नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै भण्डारी विजयी भएका हुन् । भण्डारीले ११६१२ मत ल्याएर विजयी हुँदा कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११३४६ मतमात्र प्राप्त गरे । भण्डारीले सिंहलाई २६६ मतले हराएका हुन् । नेकपा माओवादी केन्द्रका जनक बुढाले ३८३१ मत…