महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

दार्चुला । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएको छ । एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुलाबाट प्राप्त पत्रानुसार सिल्ट सरसफाइको काम गरिने भएकाले बाँध भोलि मंगलवार बिहान ५ बजेदेखि राती ८ बजेसम्म खोलिने भएको हो । बाँध खोलेपछि महाकाली नदीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन दार्चुला प्रशासनले…