गुल्मी–१ मा चन्द्र भण्डारीले हराए एमालेका प्रदीप ज्ञवालीलाई

काठमाडौं । गुल्मी–१ मा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका चन्द्र भण्डारी निर्वाचित भएका छन् । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् । जिल्ला निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा भने गरिसकेको छैन । तर, भण्डारी निर्वाचित भएको भन्दै कांग्रेस नेता कार्यकर्ताले भने उत्सव मनाइरहेका छन् ।