अनलाइन माध्यमबाट मतदाता नामावली सङ्कलन सुरु

काठमाडौं । निर्वाचन आयोगले अनलाइन माध्यमबाट मतदाता नामावली सङ्कलन सुरु गरेको छ । काठमाडौंका उपत्यकाका जिल्ला प्रशासन कार्यालय, निर्वाचन कार्यालयमा निकै चाप बढ्न थालेपछि आयोगले हिजोदेखि अनलाइन माध्यमबाटै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था मिलाएको हो । हाल राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्ने काम भइरहेकाले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयमा भीडभाड बढ्दा सर्वसाधारणले सास्ती व्यहोर्नु…