कांग्रेसजन नमात्तिनुः प्रचण्ड-माधव नआत्तिनु

कांग्रेसजन नमात्तिनुः प्रचण्ड-माधव नआत्तिनु



स्थानीय चुनावमा आवश्यकता र औचित्यका आधारमा सत्ता गठबन्धनका दलहरुबीच तालमेल गर्ने कांग्रेसको निर्णयपछि राजनीतिक तरंगमा नयाँ उछाल देखापरेको छ । मनोनयन दर्ताको समय तीन हप्ता मात्र बाँकी रहँदा उमेदवार छनौटदेखि चुनावी तालमेलको रणनीतिमा दलहरु केन्द्रीत भएका छन् । सत्ता गठबन्धनका पाँच दलीय संयन्त्र वडा तहसम्मै विस्तार हुदैछन् । चुनावी तालमेलको आन्तरिक गृहकार्य पनि तिव्र बन्दै गएको छ ।

वास्तवमा स्थानीय चुनावमा मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबीच नै हुने निश्चित छ । तर तेस्रो ठूलो दल माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादी समेतलाई साथ लिएर सत्ता गठबन्धनका अरु दल जनता समाजवादी र राष्ट्रिय जनमोर्चा समेतको तालमेलले एमालेको हालत अत्यन्त नाजुक हुने वास्तविकता उजागर गर्न कुनै नामुद ज्योतिष या राजनीतिक बिश्लेषक आवश्यक पर्दैन ।

हुन त दर्ता भएका सबैदल एक भएर आऊ भन्ने जतिसुकै हुंकार गरेपनि सत्ता गठबन्धन एकजुट भएको अवस्थामा आफ्नो हालत के हुन्छ भन्ने आंकलन एमाले अध्यक्ष केपी शर्मा ओलीले राम्ररी गरिसकेकै देखिन्छ । एमाले र पाँचदलको गठबन्धनलाई तराजुमा जोखेर क्विन्टलमा पाँच किलोको ढकसँग तुलना गर्ने ओलीले राप्रपा महामन्त्री धवल शमशेर राणालाई भेटेर तालमेलका लागि गरेको आग्रहले वास्तविकता छर्लङ्ग हुन्छ । ओलीकै भाषामा ऐंजेरु भनिएका प्रचण्ड र माधव नेपालसँग समेत तालमेलको गृहकार्य भइरहेको एवं टेलिफोन संवाद गरेको अफवाह फैल्याएर देशभरका कार्यकर्तालाई अल्मल्याउने एमाले जुक्ति आफु कमजोर छु भन्ठानेरै गरिएको प्रोपोगाण्डा हो भनेर बुझ्न कठिन छैन । संसदमा ठुलो दल हुँदा पनि सत्ताबाहिर बस्नुपरेको अंक गणित संसदीय राजनीतिका माहिर खेलाडी ओलीलाई कसैले सिकाइरहनु पर्दैन ।

कम्युनिष्ट घटक एक हुँदा चुनावी नतिजा के हुन्छ भन्ने अनुभव कांग्रेसले पनि गरिसकेकै हो । त्यसैले विनविन को अवस्था बन्नेगरी स्थानीय चुनाव जित्ने रणनीतिमा सत्ता गठबन्धनबीच सौहाद्रपूर्ण वातावरण निर्माण गर्नु आजको प्रमुख आवश्यकता हो । यसका लागि कसैको पनि अपमान नहुने गरि राजनीतिक इमान्दारिता सबैबाट प्रदर्शन हुन जरुरी छ । सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्ने निर्णय भैसक्दापनि आपसमै एकअर्को दलका नेताहरुको अपमान हुनेगरि कतिपय व्यक्तिहरुबाट व्यक्त बिचार शोभनिय पक्कै छैनन् । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले दुःखकाबेला साथदिने गठबन्धनका नेताहरुलाई अपमानजनक शब्द प्रयोग नगर्न बारम्बार गरेको आग्रह समेत बेवास्ता गरेर निरन्तर तिता बचन लगाउने कांग्रेसकै कतिपय नेताहरुको क्रियाकलाप स्मरणयोग्य रहने नै छ ।

गठबन्धन किन ? र के का लागि भन्ने प्रश्नको उत्तर पनि यसैमा अन्तरनिहित छ । गठबन्धन किन त भन्दा धेरै सिट जित्न । के का लागि भन्दा ओली अहंकार अझै निश्तेज नभएको तथा लोकतान्त्रिक गणतन्त्रमाथी खतरा कायमै रहेको एवं वाम लोकतान्त्रिक एकताकै आधारमा प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्ने भएकाले । कुरा प्रस्टै छ ।

लोकतन्त्रमा स्वच्छ प्रतिस्पर्धा सबैले स्विकार गरेकै सिद्धान्त हो । गठबन्धन कसैकालागि पनि प्रिय हुँदै होइन । तर के विना गठबन्धन एक्लै अत्याधिक स्थानीय तहमा जित सुनिश्चित हुने अवस्था कांग्रेसको छ त ? पक्कै छैन । त्यसैले आवश्यक र औचित्यका आधारमा गठबन्धन कांग्रेसको पनि बाध्यता हो ।

गठबन्धन किन ? र के का लागि भन्ने प्रश्नको उत्तर पनि यसैमा अन्तरनिहित छ । गठबन्धन किन त भन्दा धेरै सिट जित्न । के का लागि भन्दा ओली अहंकार अझै निश्तेज नभएको तथा लोकतान्त्रिक गणतन्त्रमाथी खतरा कायमै रहेको एवं वाम लोकतान्त्रिक एकताकै आधारमा प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्ने भएकाले । कुरा प्रस्टै छ । अनि फेरी यसैका लागि हिजो सडकदेखि शीतल निवाससम्म अनि सर्वोच्च अदालतको ढोकामा बहुमतको टाउको देखाउन दाहाल र नेपालले दिएको साथ र सहयोग चटक्कै विर्सन मिल्छ र ? एक माघले त पक्कै जाडो जादैन ।

अनि कुन सिद्धान्तका आधारमा चुनाबी तालमेल भन्ने प्रश्न पनि निरर्थक छ । निरंकुश राजतन्त्रका विरुद्ध प्रजातन्त्र प्राप्तिका लागि २०४६ सालमा कांग्रेस वाममोर्चाबीचको सहकार्य , ६२ ६३ सालमा गणतन्त्र स्थापनाकालागि सातदल र माओवादीबीचको एकता तथा अहिले ओली अहंकार र निरंकुशताका विरुद्ध गणतन्त्रको संस्थागत विकासका लागि भएको पाँच दलीय गठबन्धन सिद्धान्त मिलेर या एकैपाटी भएर गरेको अवश्य होइन । बाध्यताको उपज हो । आवश्यकताको सिद्धान्तमा आधारित हो । कुरा प्रष्टै छ । ‘म रुखमा बाहेक अन्त भोट हाल्दिन या म तेरो बाहेक अरुको मुख हेर्दिन’ भन्ने व्यवहारले आजको राजनीति चल्न सक्दैन । यस्ता कुराले क्षणिक वाहवाही त प्राप्त गर्न सकिएला तर त्यसले देश र लोकतन्त्रका उपर पर्नसक्ने खतरा टर्दैन । आम कांग्रेसजनलाई रुखमा बाहेक अन्त भोट हालिदैन भनेको कुरा नै सबैभन्दा बढी मनपर्छ । हिरो हुन यसै कुराले सजिलो छ तर पार्टीले लामो बहस र छलफलपछि गठबन्धनको पक्षमा निर्णय लिइसकेपछि विरोधाभाष किन र के का लागि ?

गठबन्धनको संस्कार राम्ररी बुझेका र सबैको न्याय तथा सम्मान रुचाउने देउवा साथमा भएपछि आत्तिने किन ? त्यसैले कांग्रेसजन नमात्तिनुः प्रचण्ड र माधव नआत्तिनु । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, ओली अहंकारको अन्त्य र असल राजनीति शुरुवात भएपछि त गठबन्धनको आवश्यकता तथा औचित्य किन बाँकी रहला र । स्वच्छ प्रतिस्पर्धामा उत्रन सबै स्वतन्त्र छदैछन् ।

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चा भन्दा कांग्रेस ठूलो त पक्कै हो तर १० मा ४ जोड्दा १४ हुन्छ । यहाँ त १० मा ४ मिलाएर १ सय ४ बनाउने रणनीति बनिरहेको छ भने कांग्रेसजन नमात्तिनुनै श्रेयस्कर छ । गठबन्धनका शक्तिहरुको साथ लिएर शक्ति+शक्ति‍ = महाशक्ति निर्माणमा लाग्नु हितकर होइन र ?

उता ओलीको अहंकार र अपमानवाट आजित मात्र होइन यस्तो प्रवृत्तिले संघीय लोकतान्त्रिक गणतन्त्र नै असुरक्षित रहने ठहर गरेर बाहिरिएका प्रचण्ड र माधव नेपालका लागि पनि कांग्रेस सँगको गठबन्धन र चुनावी तालमेल रहर पक्कै होइन । त्यसैले कांग्रेस केन्द्रीय समितिले गठबन्धनको पक्षमा निर्णय गरिसकेपछि कस्ले के बोल्छ र के भन्छ भन्ने कुरामा चित्त दुखाउने र मुन्टो बटार्नुपर्ने अवस्था प्रचण्ड र माधव नेपालसँग बाँकि छैन । गठबन्धनको संस्कार राम्ररी बुझेका र सबैको न्याय तथा सम्मान रुचाउने देउवा साथमा भएपछि आत्तिने किन ? त्यसैले कांग्रेसजन नमात्तिनुः प्रचण्ड र माधव नआत्तिनु । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, ओली अहंकारको अन्त्य र असल राजनीति शुरुवात भएपछि त गठबन्धनको आवश्यकता तथा औचित्य किन बाँकी रहला र । स्वच्छ प्रतिस्पर्धामा उत्रन सबै स्वतन्त्र छदैछन् ।