रत्न खड्का : छेडागाड नगरपालिकाको मेयर पदका बलियो प्रत्यासी

रत्न खड्का : छेडागाड नगरपालिकाको मेयर पदका बलियो प्रत्यासी

कर्णाली प्रदेशबाट निर्माण व्यवसाय क्षेत्रमा उदयका खड्काले सयौं सडक, पुल, भवनलगायतका पूर्वाधार निर्माण गरिसकेका छन् । हालसम्म कुनै विवादमा नआएका व्यवसायी खड्काले कर्णाली प्रदेशबाटै ठूलो विश्वास र भरोसा आर्जन गरेका छन् ।


ग्लोब नेपाल
2.5k
Shares

खलंगा । जाजरकोट छेडागाड नगरपालिकामा नेपाली कांग्रेसले मेयर पदमा रत्न खड्कालाई उठाउने निर्णय गरेको छ । कांग्रेस छेडागाड नगर कमिटीले खड्कालाई मेयर पदमा उठाउने सर्वसम्मत निर्णय गरेको हो । मेयर पदमा अन्य सातजनाले आकांक्षा राखेका थिए, तर अघिल्लो निर्वाचनमा समेत उम्मेदवार भएका खड्काको नाम सर्वसम्मतले पारित भएको थियो ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा झिनो मत अन्तरले पराजित खड्का यसपटक निर्वाचित हुनेमा ढुक्कजस्तै छन् । विकास निर्माणमा वर्तमान मेयरको कुनै भिजन नहुन् आफ्नो जीतको आधार भएको खड्का बताउँछन् ।

‘मेयरका प्रत्यासी खड्का भन्छन्, ‘एमाले विभाजन भएर होइन, विकास निर्माणसम्बन्धी कुनै भिजन नभएका व्यक्तिको हातमा मेयर पद पुगेकाले नगरवासीलाई पछुतो छ । म आफ्नो अनुभव र क्षमता उपयोग गरेर नगरवासीलाई निराश बनाउदिन ।’

के एजेन्डा लिएर चुनावमा जाँदै हुनुहुन्छ भन्ने ग्लोब नेपालको जिज्ञासामा मेयरका प्रत्यासी खड्काले भने, ‘औपचारिक रुपमा कुनै एजेन्डा तय गरेको छैन, तर छेडागाड नगरपालिका लथालिङ्ग छ । आफ्नो भवनसमेत छैन, मेरो पहिलो काम कच्ची सडकलाई कालोपत्रे गर्ने, नगरपालिकाको आफ्नै भवन निर्माण गर्ने, १३ वटै वडा कार्यालयमा आफ्नै भवनमा राख्ने, नगरवासीलाई स्वच्छ पिउने पानी, सर्वसुलभ स्वास्थ्य , शिक्षा, विजुली बत्ती एव युवा रोजगारमा मेरो योगदान रहने छ ।’

कर्णाली प्रदेशबाट निर्माण व्यवसाय क्षेत्रमा उदयका खड्काले सयौं सडक, पुल, भवनलगायतका पूर्वाधार निर्माण गरिसकेका छन् । हालसम्म कुनै विवादमा नआएका व्यवसायी खड्काले कर्णाली प्रदेशबाटै ठूलो विश्वास र भरोसा आर्जन गरेका छन् । निर्माण क्षेत्रको अनुभव र दक्ष्यता, देश विदेश भ्रमणमा देखेको बुझेका विकासका विविध आयामलाई आफ्नो नगर क्षेत्रमा प्रयोगमा ल्याउन लक्ष्य खड्का लिएका छन् ।