निर्माण व्यवसायीले भोलिबाट एकपटकमा पाँचभन्दा बढी बोलपत्रमा भाग लिन नपाउने

निर्माण व्यवसायीले भोलिबाट एकपटकमा पाँचभन्दा बढी बोलपत्रमा भाग लिन नपाउने

बोलपत्र मूल्यांकन गर्दा पाँचवटा भन्दा बढी बोलपत्रमा भाग लिइएको अभिलेखसँग भिडाउँदा देखापरेमा व्यवसायीलाई कालो सूचिमा राख्नेसम्मको कानुनी व्यवस्था छ ।


ग्लोब नेपाल
279.8k
Shares

काठमाडौं । निर्माण व्यवसायीले एकल वा संयुक्त उपक्रम (जेभी) को रुपमा बढीमा पाँच वटा बोलपत्र प्रकृयामा भाग लिन सक्ने छन् । २०७८ चैत ३ गते बाट प्रकाशित भएका सूचनाहरु मात्र यो नियम लागू हुन्छ । चैत ३ गतेबाट प्रकाशित सूचनाहरुको भोलिबाट बोलपत्रमा सहभागी हुने अन्तिम दिन हो ।

सार्वजनिक खरिद नियमावलीको ११ औं संशोधन चैत ३ गते राजपत्रमा प्रकाशित भएको थियो । यो संशोधन प्रारम्भ भएपछि आह्वान भएको बोलपत्र प्रकृयामा भाग लिँदा निर्माण व्यवसायीले पाँचवटा भन्दा बढी बोलपत्र प्रकृयामा भाग नलिएको स्वघोषणा गर्नुपर्नेछ । यदि बोलपत्र मूल्यांकन गर्दा पाँचवटा भन्दा बढी बोलपत्रमा भाग लिइएको अभिलेखसँग भिडाउँदा देखापरेमा व्यवसायीलाई कालो सूचिमा राख्नेसम्मको कानुनी व्यवस्था छ ।

यो नियम लागू भएपछि निर्माण व्यवसायीले जथाभावी र अस्वभाविक घटी मूल्य राखेर ठेक्का लिने र काम नगर्ने प्रवृत्ति अन्त्य हुने विश्वास लिइएको छ ।