त्रियुगा नगरको मेयरमा कांग्रेसका बसन्त बस्नेत विजयी

त्रियुगा नगरको मेयरमा कांग्रेसका बसन्त बस्नेत विजयी


ग्लोब नेपाल
243
Shares

उदयपुर । स्थानीय तह निर्वाचन अन्तर्गत उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ । बैशाख ३० गतेसम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत त्रियुगा नगरको अन्तिम नतिजा सोमबार सार्वजनिक भएको हो ।

त्रियुगाको मेयरमा कांग्रेस उम्मेदवार बसन्त कुमार बस्नेत निर्वाचित भएका हुन् । उनी १३ हजार ९५९ मतले विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार भागवत राउतले ११ हजार ८७३ मत पाएका छन् । नेकपा एकीकृत समाजवादीका उम्मेदवार बल देव चौधरीले ९ हजार १४७ मत पाएका छन्।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका हरि बहादुर राउतले ५४८ मत पाएका छन् । जनता समाजवादी पार्टी, नेपालका मन्जु राईले १९५, स्वतन्त्र उम्मेदवारी दिएका चित्र कुमार कार्कीले ४१, अर्का स्वतन्त्र उम्मेदवार अम्विका कुमारी रेग्मीले ४३ मत, दयाराम चौधरीले १६ मत पाएका छन् ।